Sajhamanch Archive

बनियानीमा मेसिनबाट धान रोपेर दिवस मनाइयो, भद्रपुरमा कृषकलाई टोपी लगाएर सम्मान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

भद्रपुर । प्रधानमन्त्री आधुनिक कृषि परियोजना धान सुपर जोन बनियानी झापाले “धान उत्पादन बृद्धि राष्ट्रको समृद्धि” नाराका साथ १५औं राष्ट्रिय धान दिवस कचनकवल ४ मा भव्य रूपमा मनाएको छ ।

कृषिमा यान्त्रिकरणमार्फत् उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपरजोनले प्रदेशसभा संसद बसन्त बानियाँलाई मेसिनबाट धान रोप्न लगाएर दिवसको उद्घाटन गराएको हो ।

सुपरजोनका अध्यक्ष नवराज भट्टराईको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, सहयक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, धान बाली विज्ञ कैलाशकुमार भुजेल, सिञ्चाइ डिभिजन प्रमुख ईश्वरीकुमार तिवारीलगायतले मन्तब्य राखे ।

उनीहरुले कृषिमा यान्त्रीकरण प्रयोग पश्चात लागत घटेर उत्पादकत्व बृद्धि भए पनि बजारीकरणको समस्या हल गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।

हरित कृषक समूहको संयोजनमा सम्पन्न कार्यक्रममा सुपरजोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सेनाले औचित्यमाथि प्रकाश पार्दै सुपरजोन स्थापना पछि धान उत्पादन बढे पनि उचित मूल्यसहितको बजारीकरण हुन नसक्दा कृषक मारमा परेको जानकारी दिए ।

तिम्सेनाले राज्यको नेतृत्वमा रहने नीति निर्माताहरूले बोलीमा होइन व्यवहारमा कृषि विकासका लागि काम गर्नुपर्ने धारण राखेका थिए ।

यसैगरी, अग्र्यानिक जोनको अवधारणा लिएर अगाडि बढिरहेको भद्रपुर ८ नम्बर वडाले असार १५ को अवसर पारेर २ जना कृषकलाई सम्मान गरेको छ ।

वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा वडा कार्यालयमा कृषक श्रीष राजवंशी र खस्ता राजवंशीलाई नगद एक हजार रुपैयाँसहित नेपाली टोपी लगाएर सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिटौलाले विषादी रहित कृषि उत्पादन गर्न सके अकालमा मर्नु नपर्ने धारणा राखेका थिए । उनले आदिवासी जनजाति समुदायका कृषकहरु विषादी न्यूनीकरणमा लागिरहेकोमा प्रशंसासमेत गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *