दमकको भूल्केपानी क्षेत्रलाई धान क्लस्टर घोषणा
Published: (Updated: )
by .दमक । नगरपालिका वडा नं. ३ को आमचोकदेखि पश्चिम भुल्के पानी क्षेत्रको किसानहरुको खेतलाई क्लस्टर घोषणा गरेको हो । मानसरोवर कृषि सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान सुपरजोन परियोजना मार्फत भूल्केपानी क्षेत्रको खेतीलाई कलस्टर घोषणा गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाको मेयर रोमनाथ ओलीले क्लष्टर घोषणा कार्यक्रममा बोल्दै कृषकहरु समृद्ध भए मात्र मुलुक समृद्ध हुने बताए । उनले धानको क्लस्टर क्षेत्रमा दुईवाली धान लगाएर धेरै आम्दानी लिन सबै किसानलाई आग्रह गरे । कार्यक्रममा उपमेयर गीता अधिकारीले खेतीमा आई पर्ने समस्यालाई सामधान गर्दै धानको उत्पादनलाई वृद्धि गर्नु पन बताइन् ।
दमक ३ नम्वर वडाका वडाअध्यक्ष नविन बरालले कसैलाई केही समस्या नआउने गरी धान खेतीको क्लस्टरलाई पुरा गर्न वडा कार्यालयले सहयोग गर्ने जानकारी दिए । मानसरोवर सहकारी अध्यक्ष विश्नाथ वरालले क्लस्टरको बारेमा जानकारी दिदै ४ सय विगाहामा गरा सुधार, सिचाईको ब्यवस्था, गोदामको ब्यवस्था, यन्त्रको प्रयोग किसानको लगानी र माटो परीक्षण लगायतका काम अब अघि बढने बताए ।
Comments