Sajhamanch Archive

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

Published: in राजनीति by .

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित विनियोजन विधेयक २०७५ प्रतिनिधि सभाको बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले पारित गरेको हो ।

त्यसअघि विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित रकम शीर्षकमाथि सांसदले राखेका २१ वटा खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

अर्थमन्त्री डा. खतिवडाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गत जेठ २१ गते संसदमा प्रस्तुत गरेका थिए ।

यस्तै विनियोजन विधेयकसँग आश्रित ‘आर्थिक विधेयक २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाईसौं संशोधन) विधेयक २०७५’ प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा. खतिवडाले पेस गरेका तीनवटा विधेयकहरु माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *