झापाका विभिन्न शहरमा ‘बेला’ पानी, करोडौंको लगानीमा पानी उद्योग सञ्चालनमा
Published: (Updated: )
by .शिवसताक्षी । झापाको कमल गाउँपालिकामा स्थानीय युवाले करोडौको लगानीमा पानी उद्योग सञ्चालनमा ल्याएका छन् । सरकारले तोकको मापदण्ड अनुसार अत्याधुनिक प्रविधिबाट गएको असारदेखि उद्योगले पानी उत्पादन सुरु गरेको हो ।
कमल गाउँपालिका वडा ६ नं. वडामा दमक–१ का भविन्द्र भण्डारीले ९ करोडको लागतमा ईष्ट्रन फुड एण्ड बेभरेज कम्पनी दर्ता गरेर ‘बेला’ नामक पिउने पानी बजारमा ल्याएका हुन् । उनका अनुसार उद्योगको क्षमता दैनिक तीन हजार कार्टुन पानी उत्पादन गर्ने हो । तर विद्युतीय तथा अन्य प्राविधिक कारणले हाल आधा उत्पादन हुने गरेको सञ्चालक भण्डारीले जानकारी दिए । गाउँमै अत्याधुनिक उद्योग सञ्चालनमा आएपछि स्थानीय ४० जना युवाहरुले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् । हाल बजारमा आएका पानीहरु सर्वसाधारणले शुद्धता नभएको गुनासो आइरहेका बेला आफुले खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बाट अनुमति लिएर उद्योगले उच्च गुणस्तरको पानी उत्पादन गर्न सुरु गरिएको सञ्चालक भण्डारीको भनाई छ ।
उद्योगले प्रशोधन गर्ने पानीकोे भण्डारण, प्याकेजिङ्ग सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोटल सफा गर्ने कक्ष लगायत सबै पुर्वाधार राखेका छन् । अन्य पानी उद्योगहरुले एउटै कक्षमा पानिको उद्योग सञ्चालन गरिरहेको र आफुहरुले यस बिषयमा ध्यान दिएको सञ्चालक भण्डारी बताउँछन् ।
कम्पनीले पानी शुद्धिकरण छ की छैन भन्ने कुरालाई मध्यनजर राख्दै आफ्नै पानी जाँँच गर्ने ल्याब रहेको कम्पनीका प्राविधिक ठाकुरदत्त जोसीले जानकारी दिए । जसका कारण पानीको शुद्धतामा हेर्न परिक्षणमा सहज हुने गरेको छ । उद्योगमा उत्पादित सबै बस्तुहरु हाईजेनिक सिस्टमबाट उत्पादन हुने गरेका छन् । जसबाट उद्योगले बोटल, बिर्को आफै उत्पादन गर्ने गरेको छ । जमिन मुनिको पानी प्याकेजिङ्ग गर्दा दुईपटक मात्र कामदारहरुका हातबाट बोतल छुनु पर्ने हुन्छ ।
उद्योगबाट उत्पादन भएका पानी कम्पनीले आफै बजार लगेर विक्री नगर्ने जनाएको छ । सञ्चालक भण्डारी भन्छन् , हाम्रो उद्देश्य भनेको पानी बेचर पैसा कमाउने मात्र होइन स्थानीय स्तरका युवाहरुलाई रोजगारी दिने पनि हो । त्यस्तैले हरेक बजारमा एक एक वटा डिलर स्थापना गरी त्यसैको माध्यमबाट पानी बजारमा पुर्याउने लक्ष्य रहेको उनको भनाई छ ।
पानी झापाका विभिन्न बजार लगायत अन्य जिल्लाहरुमा पनि पु¥याउने कम्पनीले जनाएको छ ।
Comments