Sajhamanch Archive

आदिवासी जनजाति भद्रपुर नगर समिति गठन

Published: (Updated: ) in समाज by .

भद्रपुर । भद्रपुर नगरस्तरीय आदिवासी जनजाति समिति गठन भएको छ ।

नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न नगरक्षेत्रका आदिवासी जनजातिहरुको भेलाले सर्वसम्मत समिति गठन गरेको हो ।

भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलाले भद्रपुर वडा नं २ का क्यानेन्द्र लिम्बूको अध्यक्षतामा १० सदस्यीय नगर समिति गठन गरेको नगरपालिका सामाजिक शाखाका राजन न्योपानेले बताए ।

समितिको उपाध्यक्षमा विशालचन्द्र राजवंशी, महिला उपाध्यक्षमा राधिका श्रेष्ठ, सचिवमा जगदीश जोशी र कोषाध्यक्षमा दीपक राई रहेका छन् । सदस्यमा महेन्द्रकुमार लावती, नुनकरण राजवंशी, लीलाबहादुर प्रधान, अर्जुन शेर्पा, प्रदीप राजवंशी रहेका छन् ।

नवगठित समितिलाई नगरप्रमुख श्रेष्ठ, नगरपालिकाको सामाजिक विकास समिति सदस्य लता कार्की, प्रशासकीय अधिकृत सुधा रञ्जितकार लगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष लिम्बूले भद्रपुरको विकासमा आदिवासी जनजाति समिति सधैं अग्रपंक्तिमा उभिएर नगरसभालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *