Sajhamanch Archive

भीरबाट लडेर वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका ६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवन गर्ने सुनार मदिरा सेवनकै बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *