Sajhamanch Archive

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल हुँदैछ ।केन्द्रीय विभागको नेतृत्व टुंग्याएको नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ ।

सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनको एकता पनि बाँकी नै रहेको छ । यसका अलावा ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन् ।

अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुंगो लागेको छ ।

अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भए पनि सबै कमिटीको एकता अझै सकिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *