Sajhamanch Archive

गर्मीको खानपान

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

 गर्मीमा बासी खानेकुरा खानु हुँदैन । यदि पकाएको खाना उब्रिएर पछि खानुपरे त्यसलाई राम्रोसँग फ्रिजमा राख्नुपर्छ ।
यो मौसममा सरुवा रोगका कीटाणु बढी सक्रिय हुने हुँदा पानीलाई उमालेर वा निर्मलीकरण गरेर मात्र पिउनुपर्छ ।
गर्मीका कारण पसिना बढी आउने र घामले शरीरको पानी सोस्ने हुँदा झोल खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ ।
खानासँग गेडागुडीको रस, फलफूल तथा सलाद खानु उपयुक्त हुन्छ ।
खानामा भन्दा गाँजर, गोलभेंडा, पालुंगो, काँक्रा, तरबुजा, मेवा, आँपजस्ता क्यालोरी कम भएका खानेकुरा उपयुक्त हुन्छन् । एसिडिटी भएकाहरूलाई पनि यस्ता फलफूल अनुकूल मानिन्छन् ।
बेलुकाको खानामा गहुँ, फापर वा कोदोको परिकार सेवन गर्नु उपयुक्त हुन्छ । खाने कुरामा हरियो सागसव्जीका साथै दूध पनि सेवन गर्न सकिन्छ ।
बेलुकाको खानापछि १० देखि १५ मिनेट खुल्ला ठाउँमा टहल्नु फाइदाजनक हुन्छ ।
गर्मीका फलफूल
आँप, आरुबखडा, तरबुजा, खरबुजा, वेल, केरा, अंगुर, मेवा, अमला, भुइँकटहर, काँक्रा आदि ।
पेय पदार्थ
सर्वत, लस्सी, लेमन सोडा, सातु, ताडी, बियर, ह्वाइट वाइन, फलफूलको जुस, कागती पानी, नरिवल पानी, दही, मही, माटाको भाडामा राखिएको पानी, गोला, आइसक्रिम, कुल्फी, जलजिरा आदि ।
गर्मीका लागि सागसब्जी
फर्सी, करेला, हरियो सिमी, लौका, पुदिना, रामतोरिया, परवर, कटहर, गोलभेंडा आदि ।
गर्मीका लागि आवश्यक घरेलु सामग्री
फ्यान, छाता, कुलर, रेफ्रिजेरेटर, आइस बक्स, एयर कन्डिसनर, जुसर आदि ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *