Sajhamanch Archive

इलाममा नयाँ पर्यटकीय गन्तब्यः स्वागत झरना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

इलाम । इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ ।

प्रदेश नम्बर १मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा लिने गरिन्छ । इलामको बिभिन्न स्थानमा रहेका पर्यटकीय गन्तब्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह््रैमास पर्यटक आउने गरेका छन् ।

इलामको प्राकृतिक सौन्दर्य, सूर्योदयको दृष्य अवलोकन, वाताबरण, कृषि उत्पादन, लोपोन्मखु तथा आदिवासी जनजातिका संस्कार संस्कृति र सुन्दर तथा मनमोहक पहाडका श्रृङखला इलामका आकर्षण हुन् । यसका अति

रिक्त इलाममा झरनाको सौन्दर्यता पनि थपिएको छ । इलामको रोङ गाउँपालिका ४ किटेनीमा झरना फेला परेसँगै इलाममा नयाँ पर्यटकीय गन्तब्य थपिएको हो । सो स्थानमा रहेको ‘स्वागत झरना’ को उचाई कति छ भन्ने हालसम्म नापजाँच भने भएको छैन । यद्यपी त्यसको उचाई १ सय मिटरभन्दा बढी भएको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङ्ग बताउँछन् ।

 

त्यहाँ पुग्ने जो कोही पनि झरनाको सुन्दरतामा लोभिने गरेका छन् । चर्चित गायक तथा संगितकार समेत रहेका झापाको शिवसताक्षी नगरपालिकाका ताराविर पाण्डेले झापा नजिकै यति सुन्दर झरना रहेको आफुलाइ पहिलो पटक थाहा भएको टिप्पणी गरे । उनले यस्तो सुन्दर दृष्य म्युजिक भिडियो र चलचित्रमा उतार्न सके पर्यटनको प्रवद्र्धन हुने धारणा राखे ।

झापाको बिर्तामोडबाट झरना भएको स्थानसम्म पुग्न खासै समय लाग्दैन । बिर्तामोडबाट सुगम मानिने रोङ गाउँपालिकामा रहेको सो झरना भएको स्थानमा पुग्न आधा घण्टाको समय लाग्छ । मेची राजमार्गबाट झापाको बुद्दशान्ती गाउपालिका र इलामको रोङ गाउपालिकाको सङ्गम स्थल रहेको जोर कलसबाट दुइ मिनेटको यात्रापछि किटेनी पुगिन्छ । किटेनीबाट १० मिनेट पैदल यात्रापछि झरना भएको स्थानमा पुगिन्छ । झरना पूर्ण रुपमा प्राकृतिक रहेको सोही स्थानमा भेटिएका अर्का पर्यटक तथा मोड्ल मधु न्यौपानेले बताए ।

‘प्राकृतिक मात्र होइन, सौन्दर्यको हिसाबमा पनि किटेनी झरना आकर्षक छ, अर्का पर्यटक दिलीप पौडेलले भने–‘यसको संरक्षण र प्रचार प्रसार गर्न सके हजारौ पर्यटक यहाँ आउँछन् ।’ बिषेशगरी झापाको प्रचण्ड गर्मी छल्न जाने पर्यटकको पहिलो रोजाई सो झरना हुने उनको टिप्पणी थियो । सप्तरंगी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडे जस्तै गरी माथि बाट बेगले तल झरेको देखिन्छ । वाटोमा सामान्य पाटी पौवा र नास्ता खानका लागि होटलको सुविधा रहेको छ ।
पर्यटकहरु आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको छ । ढुङगा खसेर दुर्घटना नहोस भनेर गाँउपालिकाले पानी छान्ने जाली राख्न लागेको प्रवक्ता तामाङ्गले बताए । उनले पर्यटकलाई सहजताको लागि सिंढीको ब्यवस्था गर्ने, सेल्फी जोन निर्माण गर्ने, गोलघरसम्म यातायात र त्यहाँदेखि पैदलमार्ग बनाउने लगायतको काम यसबर्ष गर्ने योजना रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *