Sajhamanch Archive

फिल्डमै आएर रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पछिल्लो समय सबैभन्दा धेरै नै चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण मोडमा पुगेको छ । अहिले प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दर्ता गरेको खुल्न आएको छ ।

पत्रकार रवि लामिछानेको मुद्दामा विद्युतीय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेको बताइएको छ ।

पत्रकार शालिकराम पुडासैनीले जीवनत्याग अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ ।

गत बिहीवार पक्राउ परेका उनलाई अदालतले फेरि थप अनुसन्धानका लागि भन्दै पाँच दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

जनबोली अनलाइनबाट साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *