Sajhamanch Archive

मिर्गौलाको क्षमता बढाउन प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, सबै उपचार नीजि खर्चमै हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । मिर्गौलाको क्षमता बढाउने उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिंगापुर प्रस्थान गरेका छन् ।

ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता बढाउने उपचारका लागि सिंगापुर प्रस्थान गरिएको जनाएकी छन् ।

मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिका लागि सिंगापुर जानुपरेको उनको प्रेस नोटमा उल्लेख छ ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ओली फर्किएका थिए । नेपाली चिकित्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंहले जनाएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *