कनकाई उ.वा. संघका संस्थापक अध्यक्षले शुरु गरे नयाँ व्यवसाय
Published:
by .सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौलाले आफ्नो व्यवसायलाई विस्तार गरेका छन् ।
सुरुङ्गा बजारमा इलेक्ट्रोनिक्स व्यवसाय सफलतापूर्वक सञ्चालन गर्दै आएका संग्रौलाले बिहीबारदेखि हार्डवेयर व्यवसायमा पनि हात हालेका छन् । उनले कनकाई वडा नं ३ झापारोडको गोकुलवस्ती बजारमा निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउने गरी संग्रौला व्रदर्स ट्रेडर्स नामक व्यावसायिक प्रतिष्ठान सञ्चालनमा ल्याएका हुन् ।
मिठू भट्टराईको नाममा दर्ता गरिएको संग्रौला ब्रदर्स ट्रेडर्सले निर्माण सामग्रीहरु डण्डी, सिमेन्ट, रङहरुलगायत निर्माण कार्यमा आवश्यक पर्ने सबैखाले सामान खुद्रा तथा थोक रुपमा बिक्री वितरण गर्ने सञ्चालक संग्रौलाले जानकारी दिए ।
व्यवसायलाई बढावा दिनुपर्छ भन्ने मान्यता राख्ने संग्रौलाले यो व्यवसायमा लगानी बढाउँदै लैजाने बताए । नगरपालिका बन्नुअघि झापा उद्योग वणिज्य संघको शाखाको रुपमा रहेको झापा उद्योग वाणिज्य संघ, शाखा सुरुङ्गाको अध्यक्ष रहँदा संग्रौलाकै नेतृत्वमा सुरुंगा बजारलाई बन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो र जस्तोसुकै बन्दमा पनि सुरुंगा बजार चाहिँ खुला रहने पहिचान राष्ट्रियरुपमै स्थापित छ ।
हक्की स्वभाव र उद्योगी–व्यवसायीको हितका लागि सधैं क्रियाशील संग्रौलाको नयाँ व्यवसाय शुभारम्भ गरेको अवसरमा उनको नयाँ व्यावासयिक फर्ममै पुगेर उद्योग–वाणिज्य क्षेत्रका नेतृत्व, राजनीतिक दलहरुका जिल्लास्तरका नेताहरुसमेतले सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
Comments