Sajhamanch Archive

युट्‍युबर सामाजिक सञ्जालले समाजलाई भ्रमित बनाए’ : गोकुलप्रसाद बास्कोटा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले युट्युबर र सामाजिक सञ्जालले समाजलाई दिग्भ्रमित बनाएको दाबी गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री बास्कोटाले भने, ‘‘नेपाली मिडियालाई सामाजिक सञ्जालले दिग्भ्रमित पारेको हो कि रु युट्युब मिडिया हो कि होइन रु यसैका लागि सूचना प्रविधि ऐन ल्याइएको हो ।’’ सञ्चारमन्त्री बास्कोटाले सोसल मिडिया ट्रायल भनेकोमा आपत्ति जनाउँदै अदालत नै सबैभन्दा ठूलो ट्रायल भएको बताए ।

उनले सञ्चारमाध्यमले उत्तेजना फैलाउने काम गर्न नहुने बताउँदै जिम्मेवार प्रेसको भूमिका निर्वाह गर्न आग्रह गरे । प्रेस कार्ड नै नभएको भन्दै युट्युबरलाई कटाक्ष गर्दै मन्त्री बास्कोटाले भने, ‘‘अस्ति सिंहदरबारमा कर्मचारी मृत्यु भएको दिन भित्र पस्न पाएनछन्, नत्र के–के रहस्य भनेर सनसनी मच्चाउँथे ।’’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *