डेंगुबाट एक जनाको ज्यान गयो
Published:
by .डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लामै पहिलोपटक डेंगु रोगबाट दिपायल सिलगढी नगरपालिका वडा नं.६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’को मृत्यु भएको हो ।
लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए । ‘लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियौं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौं, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेंगु हो भनेपछि, हामी आश्चर्यचकित भयौं,’ उनले भने ।
Comments