Sajhamanch Archive

 प्रहरी कार्यालयमै डा. केसीले अनशन

Published: in समाज by .

जुम्ला। जिल्ला प्रहरी कार्यालयमा डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्।

अनशन सुरु गर्नुपूर्व नै पक्राउ परेपछि डा. केसीले प्रहरी कार्यालयमै अनशन सुरु गरेका हुन्। केसीले दिउँसो ३ बजे एक गिलास पानी मात्रै खाएर अनशन सुरु गरेका हुन्।

प्रहरीले अनशनस्थलमा पत्रकारहरूलाई समेत जान दिएको छैन। प्रहरीले केसीका समर्थकमाथि दमन गरेको छ।

आफू र आफ्ना समर्थकमाथि प्रहरीको दमनको डा. केसीले भर्त्सना गरेका छन्।

केपी ओलीको सरकारले नागरिकको नैसर्गिक अधिकार पनि प्रयोग गर्न नदिएको उनको आरोप छ।

थाहा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *