निर्माणधिन सडकको नालीमा डुबेर एक महिलाको मृत्यु
Published: (Updated: )
by .भद्रपुर । सडक विस्तारका क्रममा खनिएको नालीमा डुबेरमा विर्तामोड ३ स्थित शैनिकमोडमा एक महिलाको मृत्यु भएको छ ।
बिर्तामोड–भद्रपुर सडकखण्डको सैनिक मोड मेची आँखा अञ्चल अस्पताल नजिकको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
महिला नालीमा कसरी डुबिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपपछि स्थानीयवासीले शुक्रवार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले महिलाको शवलाई उठाउन खोज्दा स्थानीयले दिएका छैनन् । सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। सडक डिभिजन कार्यालय दमकका कर्मचारी आएपछि छलफल गरेर मात्र शव उठाउन दिने स्थानीयको भनाई छ ।
Comments