Sajhamanch Archive

भद्रपुरमा ज्येष्ठ नागरिक सम्मान

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर १० स्थित भगवती आधारभूत विद्यालय परिसरमा ज्येष्ठ नागरिक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा समाजका अग्रज ज्येष्ठ नागरिक भेला गरी सम्मान गरिएको हो ।

दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाज झापाका अध्यक्ष डा. द्रोणकुमार पौडेल, समाजसेवी अम्बरबहादुर कार्की, ज्येष्ठ नागरिक कल्याण समितिका सदस्य मोहनबहादुर बस्नेत, सामाजिक अगुवा दीपा कोइराला, पुष्कल भट्टराई, सम्मानित व्यक्तित्व भीमबहादुर चेम्जोङ लगायतले मन्तव्य राख्दै समाजमा योगदानको इतिहास बनाएका ज्येष्ठ नागरिकलाई तिरस्कार गर्ने परम्परा अन्त्य गर्न सबै जुट्नुपर्ने धारणा राखेका छन् ।

पूर्व प्रहरी नायव उपरीक्षक धनप्रसाद शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान अभियानमा योगदान गरेको भन्दै राष्ट्र सेवक भीमबहादुर चेम्जोङलाई सम्मानित गरिएको हो ।

सो भेलाबाट ज्येष्ठ नागरिकको संरक्षण गर्न शालिग्राम नेपाल, तारा दाहाल, हिमा कोइराला, भीमबहादुर चेम्जोङ सदस्य रहने गरी संरक्षण समितिसमेत गठन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *