‘भनाभनबाट नआत्तिऔं, फूलको आँखामा फूलै संसार’
Published:
by .काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ ।
नेता नेपालले सहयोगी नगर सामुदायिक समाजद्वारा शुक्रबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो ।
विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उहाँले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिनुभयो । झगडा भयो भनेर वैवाहिक जीवन ति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उहाँले राजनीतिमा पनि भागेर नभइ समस्यासँग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन’ उहाँले भन्नुभयो, ‘ यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै बेकार रहेछ । छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्या आउँछन् । बाधा अवरोधहरु आउन्छन् । ती समस्याको सामना गर्ने आँँट हुनुपर्छ । सामथ्र्य पनि हुनुपर्छ । यदि तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न । ’
नेता नेपालले पारिवारिक , राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभयो । ‘फूलको आँखामा फूलै संसार, काडाको आखैमा काडा संसार ’भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताउनुभयो ।
Comments