Sajhamanch Archive

नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नं २ बैरिया विर्ता बस्ने ३४ बर्षका दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका वडा नं२ छपकैया बस्ने ४८ बर्षका जमिल अख्तर पक्राउ परेका हुन् । बिहीबार साँझ पक्राउ परेका उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ ईदगाहा चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जाली नोटको कारोबारमा गिरोह नै सक्रिय भएको हुन सक्ने आशंका गरिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *