शिवसताक्षीको दूधेमा मिटअप क्याफे एन्ड स्पोर्टबार सञ्चालनमा
Published:
by .शिवसताक्षी । शिवसताक्षीको दूधे बजारमा “मिटअप क्याफे एन्ड स्पोर्ट बार” को विधिवत सुभारम्भ भएको छ । शिवसताक्षीमा रहेका तीन पर्यटकीय स्थल दोमुखा, सतासीधाम र चिल्लागढधामलाई मध्यनजर गर्दै बीच भागमा पर्ने दूधे बजारमा सुविधा सम्पन्न मिटअप क्याफे शुक्रबारबाट सञ्चालनमा आएको हो ।
आकर्षक र भिन्न प्रकारको सजावट गरिएको मिटअप क्याफेका सञ्चालक शक्तिमान थाम्सुहाङ्गले बताए । उनले सुद्ध, ताजा र स्तरीय खाना नास्ता, कफि चिया, ममः, चाउमिन, चिकेन फ्राई, विरियानी, फ्रेन्च फ्राइस, अन्य पेय पदार्थहरु फ्रेस जुस आइसक्रिमहरु उपलब्ध गराइने बताए । क्याफे ३० लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।
क्याफेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु हेर्नका लागि समेत सकिने छ । क्याफेका सबै कोठाहरु एयर कन्डिसन जडित रहेको आजबाट ७ दिन सम्म सबै प्रकारका परिकारमा विशेष छुट समेत रहेको बताइएको छ ।
Comments