Sajhamanch Archive

शिक्षक हुन अब दुईवटा परीक्षा दिनुपर्ने

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौँ। अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् ।
मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ ।गोरखापत्र दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *