शिवसताक्षीमा ददिकादको रौनक
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा बसोवास गर्ने आदिबासीहरुले ददीकाद खेल खलेर श्री कृष्णाअष्टमी पर्व मनाएका छन् ।
श्री कृष्ण जन्माष्टमीको अवशरमा खुसी साटासाट गरी ददिकाद खेल यस बर्ष पनि मनाएका हुन । ददी अर्थात दही र हिलोलाइ काद भनी दही र हिलोसँग नरिवल खेलेर यो पर्व मनाईने गरिन्छ । तराईका विभिन्न स्थानहरुमा कृष्ण भगवानको मन्दिरमा पुजाआजा गरी नरिवाललाई मन्दिरमा चढाउने गरिन्छ ।
तराईका झापा मोरङ्ग सुनसरी लगायतका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी, ताजपुरीया, ठाकुर, गन्गाई लगायतले मनाउने यो ददीकाद खेललाई आदिबासीहरुले पर्वको रुपमा मनाउने गरेका छन् ।
शनिबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित डोरीया बस्तीमा र वडा नम्बर ७ स्थित चन्द्रडाँगीमा पनि ददिकाद खेलको रौनक देखिएको छ ।
Comments