Sajhamanch Archive

सिक्किमको चारधामः आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्य बन्दै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

सिक्किम (नाम्ची) । दक्षिण सिक्किमस्थित नाम्चीमा रहेको चारधाम पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्यका रुपमा परिचित हुदैं गएको छ । एकै स्थानमा धेरै धामको दर्शन गर्न पाइने भएकाले पनि यहाँ भगवानको दर्शनका आउनेहरुका कारण चारधाम आन्तरिक एवम् बाह्य पर्यटकले भरीभराउ हुने गरेको छ ।

यो धाम सिद्घेश्वर धाममका नामले समेत परिचित छ । यहाँ बद्रीनाथ, जगनाथ, रामेश्वरम तथा द्वारिका गरी चार धाम तथा १२ ज्योति लिङ्ग रहेको भनाई छ । भारतमा जे जति संख्यामाा भगवान शंकरका लिङ्ग छन ती सवैको यहि धाममा एक्कै ठाउँमा दर्शन गर्न पाइने भएकाले पनि यहा आन्तरिक एवम्् बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । विशेष गरी अंग्रेजी महिनाको मे र जुन महिनामा नेपाल, भारत, भुटान तथा अन्य मुुलुकबाट दर्शनकालागि धार्मिक पर्यटकहरु आउने गरेको धामका पंण्डित निर्मल गौतम बताउछन् ।

उनका अनुसार यो धाममा विशेषगरी शिवररात्रीका वखत ठुलो मेला र महोत्सव लाग्ने गर्दछ । त्यसबेला भक्तजनकोे घुईचो थामिनसक्नु हुन्छ । शिवरात्रीमा कम्तिमा १५दिन बढीमा १ महिना विशेष पूजा अर्चना हुने गर्दछ । साउनको सोमबार जल चढाउनेको संख्या निक्कै ठूलो हुने गर्दछ । त्यसबेला रुद्राभिषेकको कार्यक्रम समेत हुने गर्दछ । अन्य दिन पूजाआजा हुने भएपनि साउनको सोमबार विशेष प्रकारको पूजा अर्चना हुने पंण्डित गौतमको भनाई छ ।

दर्शनका लागि वार्षिक ५ देखि १० लाखसम्म भक्तजन आउने गरेको नाम्चीमा विगत १० वर्षभन्दा बढी समयदेखि होटल तथा ट्राभल व्यवसाय सञ्चालन गदैं आउनु भएका सचिन शर्माको भनाई छ । धाममा आउने नेपाली तथा भारतीय पर्यटकको संख्या उच्च भए पनि अन्य मुलुकबाट आउने पर्यटकको संख्या निक्कै कम भएको उनी बताउँछन् । नेपाली र सिक्किमेलीको भेषभूषा, कला, संस्कृति, भाषा निक्कै मिल्दोजुल्दो रहेकाले नेपालीलाई यहाँका स्थानीयले विदेशीकारुपमा खासै हेर्ने नगरेको शर्मा बताउछन् । दर्शनका लागि आउनेले सामान्यदेखि स्तरीय लज होटलमा खान र बस्न पाउने भएकाले कुनै आर्थिकभार नपर्ने तथा बाटोघाटोको सुविधा समेत राम्रो भएकाले पर्यटकलाई कुनै असुविधा नहुने शर्माको भनाई छ ।

प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना विभिन्न ठाउँमा रहेका मठ मन्दिर, देवालय, शक्तिपीठहरुलाई एकीकृत गरेर एकै ठाउँमा नयाँ संरचनाका रुपमा बनाइएको विभिन्न धामहरुको रुप यहाँ देख्न पाइने बताउछन् । दक्षिण सिक्किमको नाम्चीमा रहेको यो धार्मिक एवम् पर्यटकीय स्थल चारधामले एउटा धार्मिक पर्यटनलाई प्रवद्र्घन गर्न सकिन्दो रहेछ भन्ने प्रमाणित गरेको सचिव ढुंगानाको भनाई छ । यस्तै विषयलाई हामीले हाम्राक्षेत्रमा पनि भएका मठ मन्दिर देवालय शक्तिपीठ ज्योतिलिङ्गहरुलाई कुनै भूगोलमा एकीकृत गर्न सके एउटा पर्यटनको गन्तव्य बनाउने सकिने उनले बताए ।

यो चारधाम जसरी आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्य बन्यो त्यसरी नै हामीले पनि नेपालमा भएका सम्पूर्ण धार्मिक पर्यटकीय स्थलको विकास गर्न सके पर्यटनको प्रवद्र्घन र विकास गर्न सकिने ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रको धारणा छ । चारधामको चर्चा धेरै हुने गरेको छ । यहाँ आउदा पैसाको खासै ठूलो खर्च नहुने, एकै ठाउँमा सवै देवि देवताको दर्शन गर्न पाउने भएकाले नेपाली दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । किन यहाँ नेपाली दर्शनार्थी आउछन त ? भन्ने प्रश्नमा प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौला भन्छन् —‘यहाँ आइपुगे पछि आननद्य लाग्छ, चारधाममा सवै देवि देवताको दर्शन एकै ठाउाबाट गर्न पाइन्छ । भारतको अन्य ठाउँमा रहेको चारधाम जादा खर्च पनि बढी लाग्छ समय पनि पाइदैंन यहाँ त सएउटै ठाउँमा सवै देवि देवताको दर्शन गर्न पाइन्छ । ’ एकठाउँबाट देवि देवताको दर्शन गर्न पाउनु सवैको अवसर ठान्छन निरौला ।

यहाँ चारधाम एकमुष्ठरुपमा बनाइएको र अत्यन्तै उत्साह र मन नै प्रसन्न हुने गरेको छ । यस्तै प्रकारको नेपालमा समेत सवै शक्तिपीठहरु एकीकृत गरेर बनाउने हो भने नेपालमा पनि धार्मिक पर्यटक भित्रियाउन सकिने धारणा राख्छन विराटनगर एशोसिएशन ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारी । चारधाममा भारतको विहार, दार्जिलिङ, पूर्वी तराई र आसपासका पहाडी जिल्लाका पर्यटक आएर दैनिक दर्शन गर्ने गरेका छन् । नेपाली पर्यटकको चारधाममा उल्लेख्य उपस्थिति हुने गरेको छ । यहाँबाट अन्य पर्यटकीय स्थलको समेत अवलोकन भ्रमण गर्न पाइने भएकाले यहाँ आउाने पर्यटकले थोरै खर्चमा धेरै प्राकृतिक आनन्द प्राप्त गर्न पाउने शर्माको भनाई छ । तर नाम्चीका होटल तथा ट्राभल व्यवसायीले सोचे अनुसार नाम्चीमा पर्यटकको चहल पहल नभएको होटल एसोसिएशन अफ नाम्चीका अध्यक्ष पीके राई बताउछन् । चारधाममा दर्शनका लागि आउने पर्यटकलाई लक्षित गरेर निक्कै राम्रा राम्रा र स्तरीय होटल तथा होमस्टे सञ्चालन भएका छन् । चारधाममा रहेको अग्लो शिव जीको मूर्ति भएकाले पनि यो ठाउँ आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *