Sajhamanch Archive

भवन निर्माणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ को प्रदेशसभाले प्रदेश भवन निर्माणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । आज बसेको प्रदेश सभाको ३९औँ बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि उक्त विधेयक दफावार छलफलको लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा गएको थियो । समितिले आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन प्रस्तुत गरिसकेको थियो ।

प्रतिवेदनमाथि सोमबारको बैठकमा छलफल गर्ने कार्यसूची भएपनि त्यसमा भाग लिन कुनै पनि सांसदले नाम दर्ता गराएनन् । कुनै पनि संसदले छलफलमा सहभागी नहुने भएपछि सभामुख प्रदीप भण्डारीले निर्णयार्थ सदनमा प्रस्तुत गरेका थिए ।

विधेक पारित गरियोस् भनी मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सदनमा प्रस्तुत गरेका थिए ।

प्रदेश लोक सेवा विधेयकको प्रतिवेदन पेश

प्रदेश लोकसेवा आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सुशासन तथा योजना समितिले सदनमा प्रस्तुत गरेको छ । सोमबारको बैठकमा प्रतिवेदन समितिका सभापति अर्जुन राईले प्रस्तुत गरेका थिए । विधेयकमा २० जना सांसदले ८ वटा संसोधन दर्ता गराएका थिए ।

विधेयका संसोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सभापति राईले प्रस्तुत गरेका थिए । समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित विज्ञहरुसँग समेत दफावार छलफल गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *