मेची सहकारीमा दन्त शिविर तथा रक्तदान कार्यक्रम
Published:
by .दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आज नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको २३ औं वार्षिकोत्सब तथा २५ औं साधारण सभाको अवसर पारेर आयोजना गरिएको दन्त शिविरमा ३५० जनाले दाँतको परिक्षण गराउनुको साथै १८७ जनाले रक्तदान गरेका छन् ।
उक्त अवसरमा ७ जनाले मृत्यु परयन्त शरिर दान र ११जनाले नेत्र दान गर्ने घोषणा गरेको संस्थाका व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिए।
दमकस्थित ॐ शान्ति डेन्टल,शुलभ डेन्टल र आमा डेन्टलको सहकार्यमा दन्त शिविर तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
साथै उक्त शिविरमा दाँतमा लाग्ने रोग सम्बन्धिका बारेमा ओम शान्ति डेन्टलका डा.सी.पी. गैरेले दन्त सम्बन्धि रोग लाग्नुका कारण साथै लक्षणहरुको बारेमा सहजीकरण गरेका थिए ।
Comments