हवाई भाडामा ५० प्रतिशत छुट दिने मन्त्रीको योजनाप्रति आपत्ति
Published:
by .
काठमाडौं । वायुसेवा सञ्चालक संघले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने योजनाप्रति असहमती जनाएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेलगत्तै संघले असहमती जनाएको हो ।
संघले आफ्नो असहमतीसहितको पत्र मन्त्रालयमा बुझाइसकेको स्रोतले जनाएको छ ।
संघले नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नियमावली २०५८ मा कुनै पनि वर्ग, समूह, उमेर, शारिरीक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यात्मक व्यवस्था नरहेको जनाएको छ ।
सार्वजनिक सवारी साधनभित्र हवाई सेवा नपर्ने भन्दै संघले छुट दिनुपर्ने महसुश भएमा सरकार आफैले यात्रु सेवा शूल्क, इन्धन शूल्क, सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवाबाट छुट दिन वा निःशूल्क यात्रा गराउन सक्ने जनाएको छ ।
जेष्ठ नागरिकलाई संवैधानिक व्यवस्था अनुसार राज्यले सुविधा दिने हो व्यक्ति वा कम्पनीले होइन भन्दै पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मन्त्रालयको योजना अनुुसार ५० प्रतिशत छुट दिन नसक्ने संघले स्पष्ट पारेको छ ।
Comments