Sajhamanch Archive

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस)सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’

कोलकतामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् ।

नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ । नागरिक दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *