सत्य लक्ष्मीमा नयाँ कार्यसमिति चयन तथा ज्येष्ठ सदस्य सम्मानित
Published:
by .भद्रपुर । भद्रपुर नगरपालिका १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँनाथ पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।
४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा दीपबहादुर राउत, सचिव युवराज न्यौपाने, सहसचिव मोहनकुमार श्रेष्ठ र कोषाध्यक्षमा बाबुराम पाण्डे निर्बिरोध चयन भएका हुन् । समितिका सदस्यहरूमा क्रमशः सुमित भट्टराई, पुस्कर अधिकारी, हरिमाया निरौला लगायत रहेका छन् ।
नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा भद्रपुर नगर उपप्रमुख चन्द्रमया श्रेष्ठ, संस्थाका सल्लाहकार देवीचरण भण्डारी, सहकारी संघ झापा जिल्ला सञ्चालक सदस्य तुलसा कुँवर, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी, साना किशान सहकारी संस्था लिमिटेड भद्रपुरकी अध्यक्ष देवीमाया अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट सञ्चालक सम्मानबाट कमलप्रसाद अधिकारी, जेष्ठ सदस्य सम्मानबाट होमनाथ घिमिरे, उत्कृष्ट बचतकर्ता सम्मानबाट कमलप्रसाद पाण्डे र उत्कृष्ट ऋणकारोवार सम्मानबाट पृथ्वीबहादुर थापामगरलाई सम्मान समेत गरिएको थियो । सचिव कमलप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष पाण्डे तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहनकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।
Comments