खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र मेचीनगरको संयुक्त बजार अनुगमन
Published: (Updated: )
by .मेचीनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिकासहितको टोलीले विहीबार नगरको प्रमुख व्यापारिक केन्द्र चारआली, धुलावारी इटाभट्टालगायतको बजार अनुगमन गरेको छ । टोलीले दर्जनौ किराना तथा पेयपदार्थका पसलमा अनुगमन गरेको थियो ।
अनुगमनमा बिशेष गरेर दैनिक उपभोग्य खाद्य वस्तुको उपभोग्य मिति, उत्पादन मिति, उत्पादकको विवरण लगायत अनिवार्य रुपमा लेवलमा हुनुपर्ने विवरणहरु, मूल्य सूची , खद्यान्न र साबुन, सैम्पु जस्ता बिभिन्न रसायन प्रयोग हुने गरेका अन्य वस्तुहरु एकै स्थानमा नराखी अलग अलग ब्यवस्थापन गर्न, आधिकारीक दर्ताका बिषयहरुमा अनुगमन गरिएको हो ।
म्याद गुज्रिएका, खान अयोग्य खाद्य वस्तुहरु, पेय पदार्थ जफत गरी नष्ट गरिएको । त्यस्ता विक्रेतालाई आइन्दा गल्ती नगर्न सचेत गराइएको छ । अखाद्य रंग प्रयोग गरिएका सिन्के चाउचाउ, उत्पादन मिति, उपभोग्य मिति नखुलेका पानी पुरीका मसला, म्याद गुज्रिएका बियर, धुलो खोर्सानी, बिस्कुट नष्ट गरिएको थियो ।
अनुगमनका क्रममा व्यवसायीहरुले मुल्य सूची नराखेको, धेरैले मुल्य सूचीमा दर रेट उल्लेख नगरेको, म्याद गुज्रिएको खाद्य वस्तु राखेको पाइएको टोलीले जनाएको छ । पहिलो पटक भएका कारण व्यवसायीहरुलाई सजग गराईएको नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए । नेपाल सरकारले मानव स्वस्थ्यका लागि हानिकारक भएको ठहर गर्दै बिक्री बितरणमा प्रतिबन्ध लगाएका खाद्यबस्तु समेत नगरमा निर्वाधरुपमा बिक्री हुने गरेका छन् ।
नेपाली बजारमा नेपाल सरकारले प्रतिबन्ध गरेका पेयपदार्थ, खानेतेल खुल्ला नुन, बिभिन्न प्रकारका अचार खुल्लामखुल्ला बिक्री हुने टोलीले फेला पारेको थियो । नेपालमा प्रतिवन्धित ड्राईगन, दो फुल लगायत नामै नसुनेका भारतीय आयल कम्पनिद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्य बस्तु, आयोडिन विहिन नुन लगायतका समान खुल्लामखुल्ला बिक्री हुने गरेको बताईन्छ ।
भारतीय बजार नजीकै रहेको र खुला सीमानाका कारण छिमेकी भारतीय बजारबाट ल्याएर फेण्टा, कोककोला, स्पाईट, माजालगायतका पेयपदार्थ समेत बिक्री गर्ने गरेको स्थानीयको भनाई छ । टोलीले अधिकाँश व्यवसायीहरुलाई सजक गराउदैं सम्पूर्ण खाद्यवस्तु फिर्ता गर्न सुझाव दिएको छ भने केही सामान जफत गरेको छ ।
अनुगमनमा टोलीमा मेचीनगर नगरपालिका कार्यालयका खाद्य विश्लेषक दीपेन्द्र कार्की , मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, जिल्ला प्रशासन कार्यालय, झापाका खाद्य अनुसन्धान अधिकृत भरत बहादुर पुरी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, उपभोक्ता मंच नेपाल सन्तोष नेउपाने इलााक प्रहरी कार्यालय धुलावारी चारआलीका प्रहरी प्रमुखहरु, नगर प्रहरी तथा अन्य प्रहरीसहभागी थिए ।
Comments