Sajhamanch Archive

अमेरिकामा शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । अमेरिकाले शरणार्थीहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी गरेको छ ।

अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीविरुद्ध कडा कदम चाल्ने बताउँदै आएका थिए ।

उनले आप्रवासी र शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने भन्दै मेक्सिकोको सिमामा पर्खाल लगाउने बताउँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थीहरुको संख्यासमेत घटाएको मानवअधिकार सम्बन्धी सल्लाहकार र राष्ट्रिय सुरक्षा विज्ञहरुले बताएका छन् ।

गत वर्ष ३० हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिइएको थियो । अघिल्लो वर्ष ४५ हजार शरणार्थीले अमेरिका प्रवेश पाएका थिए ।

सन् २०१७ मा पदभार ग्रहण गरेलगत्तै ट्रम्पले मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यसको सर्वत्र आलोचनासमेत भएको थियो ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *