Sajhamanch Archive

विराट–अर्जुनको साधारण सभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा बिर्तामोड–४ को विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आर्थिक बर्ष २०७५/०७६ सम्ममा शेयर पुँजी ९० लाख ६३ हजार तीनसय पुर्याउन सफल भएको छ । संस्थाले कुल सम्पत्ती ३ करोड ८ लाख ८५ हजार ७ सय ३९ रुपैयाँ एक पैसा पुर्याएको छ ।

शनिवार बिर्तामोडमा १० औं बार्षिक सधारणसभाको आयोजना गरी संस्थाले सो कुरा जानकारी दिएको हो । कूल सदस्य संख्या एकहजार ८६५ जना रहेको संस्थामा ७ जना कर्मचारी रहेका छन् । संस्थाले यस बर्ष २ लाख ८८ हजार २१८ रुपैयाँ ८२ पैसा मुनाफा गरेको छ । संस्थाले यसबर्ष २ करोड ८१ लाख ७४ हजार ९३९ रुपैयाँ ८२ पैसा लगानी गरेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

सोही कार्यक्रमका विच संस्थाका उत्कृष्ट वाल बचतकर्ता दिक्षित पौडेल, उत्कृष्ट बचतकर्ता संजय अग्रवाल र पूजा राजबंशी, उत्कृष्ट उद्यमी देवेन्द्रराज कन्दङ्वा र दुलारी चौधरी र उत्कृष्ट कर्मचारी मुना खड्का र सविना मुर्मुलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सहसचिव भवानीप्रसाद दंगाल रहेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, पुर्णिमा सहकारीका अध्यक्ष छविलाल विश्वकर्मा, राष्ट्रिय सहकारी वैक बिर्तामोडका प्रमुख मुना घिमिरेलगायतले मन्तब्य राखेका थिए ।

संस्थाका ब्यवस्थापक कमला नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *