Sajhamanch Archive

आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार नाफा कमायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, सहकारी by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार ९ सय ४७ रुपैया खुद नाफा कमाएको छ । सहकारीले शनिबार शिवसताक्षीको दूधेमा १४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आय व्यय सार्वजनिक गरेको हो ।

संस्थाले आ.व. २०७५÷०७६ मा ९३ लाख ४१ हजार ९ सय शेयर पूँजी पु¥याउन सफल भएको छ । हालसम्म १ हजार ५ सय ५१ सदस्य विस्तार गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाले विगत वर्षहरुमा दिदै आएको सदस्यहरुलाई सुविधा थप गरेको छ । संस्थाका सदस्य दुर्घटनमा परे ३ लाख सम्मको विमा योजना अघिसारेको छ । मृत्यु राहतकोष सदस्य तथा निजको हकवालाको मृत्यु भएमा १० हजार राहत दिइने व्यवस्था रहेको अध्यक्ष चन्द्र थापाले जानकारी दिए । उनले आगामी आर्थिक वर्षबाट सदस्यको ऋण विमा गरी सदस्यको मृत्यु भएमा सदस्यले लिएको ऋण मिनाह गरिने समेत जानकारी दिए ।

कार्यक्रम सदस्यहरुलाई हौसाल प्रदान गर्न प्रत्येक साधारण सभामा बम्पर चिठ्ठा उपहार योजना अन्तर्गत यसवर्ष प्रथम उपहार सदस्य पवित्रा बरालले हात पारेकी छिन् । उनले बम्पर उपहारबाट साइकल प्राप्त गरिन् । त्यस्तै लक्ष्मी सिटौला, तेजकुमारी कडरिया, मनु दर्जी, गंगा माझी लगायत १४ जना सदस्यहरुले अन्य सान्तवना पुरस्कार प्राप्त गरेका थिए । साधारण सभा उपस्थित भएका सदस्यहरुको नाम राखी चिठ्ठा उढाउने कार्यक्रम सञ्चालन गर्न थालेपछि उपस्थिति संख्या बढेको संस्था व्यवस्थापक प्रकाश चन्द्र पोखरेलले बताए ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष चन्द्र थापाले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य मित्र थापाले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *