Sajhamanch Archive

चेलीबेटी महिला सहकारी संस्थाले १० लाख ४६ हजार नाफा कमायो

Published: (Updated: ) in सहकारी by .

भद्रपुर । भद्रपुर क्षेत्रका क्रियाशील महिलाहरु मिलेर सञ्चालनमा ल्याएको भद्रपुर–६ स्थित चेलीबेटी महिला वचत तथा ऋण सहकारी संस्थाले शनिबार दशौं साधारणसभा सम्पन्न गरेको छ ।

भद्रपुर मारवाडी संघको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघकी महिला सदस्य तुलसा कुँवरले गरेकी थिइन् ।

संस्थाकी सचिव अनिता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कल्पना गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदन अनुसार आ. व. ०७५÷०७६ मा संस्थाले १० लाख ४६ हजार ५० रुपैयाँनाफा गरेको छ । यो वर्ष संस्थाले २३ लाख १६ हजार ८१३ रुपैयाँ आम्दानी गरेको थियो भने १२ लाख १५ हजार ७०८ रुपैयाँ खर्च भएको छ ।

२४७ जना महिला मात्र सदस्य रहेको संस्थाले आ. व. ०७५÷०७६ सम्ममा संस्थाको शेयरपूँजी ४८लाख ६५ हजार ५०० रुपैयाँ पुगेको छ भने ४१ लाख ८१ हजार ९५८ रुपैयाँ वचत संकलन र १ करोड ७८ लाख पाँचहजार रुपैयाँकर्जा लगानी गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कुँवर, भद्रपुर नगरपालिका उप प्रमुख चन्द्रा श्रेष्ठ, देवकोटा स्मृति भवनका अध्यक्ष राजेन्द्र चापागाईंलगायते शुभकामना मन्तय राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *