Sajhamanch Archive

धरान घोषणा पत्र जारी गर्दै नेपाल नगरपालिका संघको अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

झापा । ‘सबल, सुव्यवस्थित र समृद्घ नगरपालिका’ भन्ने दीर्घकालिन सोचसहित आफ्नो रणनीतिक योजना तर्जुमा गर्दै विशेष प्रस्तावसहित ११ बुँदे धरान घोषणापत्र जारी गरेर नेपाल नगरपालिका संघ, प्रदेश समिति १ को प्रथम अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म भएको कार्यक्रमको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । नेपालको संविधान बमोजिम स्थानीय सरकारलाई नागरिकहरुको पहुँचको सरकारको रुपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने, विकास र समृद्घि जस्ता नागरिकका चाहनालाई पूरा गर्न प्रभावकारी र पारदर्शी किसिमले स्थानीय सरकार सञ्चालन गर्ने लगायत प्रतिवद्घता व्यक्त गर्दै सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय, सहकार्य सहकारिताका आधारबाट अघि बढ्ने प्रतिवद्घता व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । नेपाल ऐन संशोधन गरी २०७५ फागुन २१ गते राजपत्रमा प्रकाशित गरी स्थानीय सरकार सञ्चालन ऐनमा थप व्यवस्था गरेका घरेलु उद्योग सम्बन्धी अधिकार, संघ–संस्था दर्ता, नवीकरण, खारेजी गर्ने तथा वन सम्बन्धी अधिकार स्थानीय तहलाई गर्ने व्यवस्था गरेकोमा हालसम्म यसलाई कार्यान्वयन गर्ने कार्य नभई रहेको हुँदा तत्काल कार्यान्वयनमा ल्याउन अधिवेशनले माग गरेको छ ।

कार्यक्रममा नेपाल नगरपालिका संघ प्रदेश समिति प्रदेश नम्बर १ का संयोजक महेश बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल नगरपालिका संघ नेपालको संविधान बमोजिम गठन भएकाले नगरपालिकाहरुलाई एकताबद्घ गरी उनीहरु बीच सम्पर्क, समन्वय र सहकार्य कायम गरी अनुभव आदान प्रदान गर्ने उद्देश्यले २०५२ सालमा गठन भएको हो ।

नगरपालिकाहरुका साझा समसयाहरुको पहिचान गरी सो को निराकरणको निम्ति आवश्यक उपायहरु सुझाउने, अन्तर्राष्ट्रिय स्तरमा स्थानीय सरकार सञ्चालन सम्बन्धमा भएका उदाहरणीय अभ्यासहरुको अध्ययन गरी त्यस्ता अभ्यासहरु अनुशरण गर्न सहयोग आदान प्रदान गर्नेलगायतका उद्देश्य राखेर राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम यो संस्था स्थापना भएको प्रतिवेदनमा उल्लेख छ ।

संघको विधान बमोजिम नेपालको संघीय संरचना मुताविक सातवटै प्रदेशमा संघका प्रदेश समितिहरु गठन गर्ने र प्रदेश कार्यालयहरु समेत स्थापना गरी नगर सरकारहरुलाई सबल, सक्षम, समुन्नत बनाउने र स्थानीय सरकारको अवधारणालाई संस्थागत गर्ने दिशामा संघको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रदेश १ मा पनि संघको प्रदेश समिति गठन भएको जनाइएको छ ।

प्रदेश १ समितिमा संयोजक, उपसंयोजक र सदस्य ११ गरी कूल १३ जना रहेको र संघको संशोधित विधान बमोजिम प्रदेश समितिमा १९ जना रहने व्यवस्था गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

धरान उपमहानगरपालिका कार्यालय भवनभित्र प्रदेश कार्यालय व्यवस्थापन गरी प्रदेश प्रबन्धकको नियुक्त गरिएको र संघको प्रदेश समितिको संस्थागत विकासको दिशामा यसलाई संघले ठूलो उपलब्धी मानेको संयोजक बस्नेतको प्रतिवेदनमा उल्लेख छ ।

संयोजमा पुनः बस्नेत

संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत संयोजक रहेको नगरपालिका संघ १ नम्बर प्रदेश कमिटी गठन भएको छ । संघको उपसंयोजकमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई चयन गरिएको छ ।

यसैगरी अधिवेशनले बमबहादुर भट्टराई, उपप्रमुख (फुङलिङ नगरपालिका), चन्द्रकमाुर शेर्मा, प्रमुख (शिवसताक्षी नगरपालिका), पवित्रादेवी महतरा, उपप्रमुख (बिर्तामोड नगरपालिका), खड्गबहादुर फागो, प्रमुख (उर्लाबारी नगरपालिका), राजन मेहता, प्रमुख (इनरुवा नगरपालिका), सुनिता दाहाल, उपप्रमुख (दुहवी नगरपालिका), पार्वती सानु डाँगी, उपप्रमुख (म्याङलुङ नगरपालिका)लाई सदस्यमा चयन गरेको छ ।

चिन्तन थिङ तामाङ, प्रमुख (धनकुटा नगरपालिका), रीताकुमारी चौधरी, उपप्रमुख (चौदण्डीगढी नगरपालिका), वीणदेवी राई, उपप्रमुख (रुपाकोट मजुवागढी नगरपालिका), मोहन श्रेष्ठ, प्रमुख (सिद्घिचरण नगरपालिका), जीवनकुमार श्रेष्ठ, प्रमुख (भद्रपुर नगरपालिका) मुरारीप्रसाद खतिवडा, प्रमुख (खाँदबारी नगरपालिका), मञ्जुकुमारी अधिकारी, उपप्रमुख (महालक्ष्मी नगरपालिका), कैलाशकुमार आले मगर, प्रमुख (भोजपुर नगरपालिका), रोहितकुमार साह, प्रमुख (गौरादह नगरपालिका) र रमेशकुमार जिमी, प्रमुख (धर्मदेवी नगरपालिका) सदस्यमा चयन भएका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती संयोजक रहेको सात सदस्यीय महिला विभागसमेत गठन भएको छ । समितिको सहसंयोजकमा धर्मदेवी नगरपालिकाका उपप्रमुख शोभा घिमिरे चयन भएकी छन् ।

सदस्यहरुमा मञ्जु प्रसाई, उपप्रमुख कनकाई नगरपालिका, पविमाया राई उपप्रमुख देउमाई नगरपालिका, ममिता राई उपप्रमुख भोजपुर नगरपालिका, देवीकुमारी चौधरी त्रियुगा नगरपालिका तथा तीला पोखरेल लालीगुराँस नगरपालिका चयन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *