Sajhamanch Archive

शिक्षा दिवसमा शिक्षक विद्यार्थी एउटै मञ्चमा सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ ।

धुलावारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नगर प्रमुख विमल आचार्यको सभापतित्वमा भएको शिक्षक विद्यार्थी सम्मान कार्यक्रममा कक्षा ८ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फका ५ र संस्थागत विद्यलायतर्फका ४ गरी कुल ९, एसईई परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फका ४ र संस्थागत विद्यलायतर्फका २ गरी कुल ६ जना, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानध्यापक, कर्मचारी, बालशिक्षकतर्फ एक÷एक गरी कुल ४ जना, प्याव्सनतर्फका ४ एनप्याव्सनतर्फका ३ गरी कुल ७ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसैगरी सेवा निवृत्त भएका ४० तथा अनिवार्य अनिवार्य अवकास प्राप्त ४८ गरी कुल ८८ जना शिक्षक तथा शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रदेश सभा सदस्य मैनाली, नगरप्रमुख आचार्य, विशिष्ट अतिथि नगरप्रमुख मीना पोखरेल उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालले शुभकामना मन्तव्यसहित सम्मानित तथा पुस्कृत व्यक्तित्वहरुलाई अविर, टीका दोसल्लासहित सम्मान पत्र र पुरस्कार प्रदान गर्नुभएको थियो ।

निजी विद्यलायकातर्फबाट मेचीनगर प्याव्सन अध्यक्ष डम्मर रुचालले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यार्थीहरु अन्य जातजातिको कला, संस्कृति तथा रीतिरीवाज झल्किने गीतमा नृत्य गरेका थिए । शिक्षा शाखा प्रमुख होम भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई शाखा सदस्य सुरेन्द्र उप्रेतीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *