होक्से कृषि सहकारीद्वारा पत्रकार वाग्ले सम्मानित
Published: (Updated: )
by .बुधबारे । एक दशक लामोसमय देखि पत्रकारितामा आवद्ध पत्रकार अनिल वाग्ले सम्मानित भएका छन् । होक्से कृषि सहकारी संस्था बुद्धशान्ति १ ले १० औं साधारण सभाको अवसर पारेर उनलाई सोमबार सम्मान गरेको हो । सञ्चारको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
पूर्वेली साप्ताहिकको सम्पादक तथा विभिन्न सञ्चार क्षेत्रमा आवद्ध रहेर ग्रामिण क्षेत्रबाट पत्रकारिता गर्ने वाग्ले ‘गुड न्यूज’ लाई विशेष प्राथमिकतामा राखेर पत्रकारिता गरिरहेका छन् ।
संस्थाका अध्यक्ष मोहन तिम्सिनाको सभापतित्व तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता तथा नेपाल डेरी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा ऋतिका डेरी उद्योगका संचालक राजन चिमरियाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट शेयर ऋणीमा बालकुमार राई, उत्कृष्ट शेयर सदस्यमा मेघनाथ कट्टेल, उत्कृष्ट कृषकमा केदारनाथ तिम्सिना, उत्कृष्ट समूह संयोजकमा सुम्निमा ढुंगेल, उत्कृष्ट बचत कर्तामा हाम्रो कल्याण कोष, उत्कृष्ट रिचार्ज कर्तामा भोगेन्द्र तिम्सिना, कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुनेमा त्रिभुवन माविका विजिता खाती र भिष्म रिजाललाई सम्मान गरिएको छ । त्यस्तै झापा जिल्ला सहकारी संघलाई पनि सम्मान गरिएको छ ।
संस्थाका उपाध्यक्ष गुरुभक्त घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशिष्ठ अतिथि चिमरिया, सम्मानित व्यक्तित्व तथा पूर्वेली साप्ताहिकका सम्पादक वाग्ले, पशुसेवा शाखा बुद्धशान्तिका सूर्यमान तामाङ, जयपूर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष तिम्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम व्यवस्थापक पर्शुराम नेपालले सञ्चालन गरेका थिए ।
Comments