Sajhamanch Archive

बाँके डुबानमा : दुईको मृत्यु 

Published: (Updated: ) in समाज by .

बाँके।  बाँकेमा बाढीमा दुई जनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको डल्लीपुर नालामा  बगाउँदा ज्यान गएको छ ।

बिहान खोला तर्नेक्रममा बगाएर बेपत्ता भएका सुनारको शव ५०० मिटर टाढा झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसैगरी बैजनाथ ३ का ६५ वर्षीय तुलाबहादुर बुढा जेठी नालामा डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता बुढाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो । यसैगरी बैजनाथ गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको सूचना प्राप्त भएपछि प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बाढीका कारण किरण नाला, पेडारी नाला, डुडुवा नाला, जेठी नालामा बाढी आएको छ । पेडारी नालामा बाढी आउँदा नेपालगञ्ज–गुलरिया सडकखण्डमा आवागमन प्रभावित भएको छ । सयौं यात्रुहरु अलपत्र परेका छन् । यसैगरी बाढीले राप्ती सोनारी र नरैनापुरमा समेत  आवागमन प्रभावित भएको छ । बाढीले नेपालगञ्जका न्यूरोड, बसपार्क रोड लगायतका स्थान डुबेका छन् ।

एडीबीको सहयोगमा नेपालगञ्जमा सडक तथा नाली निकास कार्य चलिरहँदा  डुबान भएको छ  । राप्ती नदीमा भने पानीको सतह सामान्य अवस्थामा छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले सम्भावित बाढीबाट क्षति हुन नदिन खोज तथा उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । प्रशासनले बाढीको बढी जोखिममा रहेका नरैनापुर, डुडुवा र राप्ती सोनारीमा पूर्व तयारीका लागि यसअघि नै पत्राचार गरिसकेको छ ।

– उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *