Sajhamanch Archive

बलिउड अभिनेत्री उर्मिलाले छोडिन् कांग्रेस

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by .

बलिउड अभिनेत्री उर्मिला मार्तोडकरले कांग्रेस पार्टी परित्याग गरेकी छन्।

हालै सम्पन्न निर्वाचनमा उर्मिला उत्तर मुम्बईको सिटमा कांग्रेसबाट प्रत्यासी थिइन्।

सो निर्वाचनमा उनको हार भएको थियो। हारपछि उनले कांग्रेसका केही नेताको अन्तरघातका कारण आफू पराजित हुनुपरेको आरोप लगाएकी थिइन्।

त्यसपछि उनले यसको गुनासो गर्दै पार्टीलाई चिठ्ठी लेखेकी थिइन्। पार्टीका मुम्बई अध्यक्षलाई लेखेको सो चिठ्ठी सार्वजनिक भएको थियो।

उनले पार्टी अध्यक्षले आफ्नो चिठ्ठीमाथि कुनै सुनुवाइ नगरेको र उल्टै दोषीहरीला पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन्।

मेरो पटकपटकको विरोधका बाबजुत कसैलाई यसबारेमा चिन्ता भएन। हद त त्यतिबेला भयो जब चुनाबमा पार्टीको खराब प्रदर्शनका लागि जिम्मेवार नेताका लागि कारवाही नगरी ठूलो जिम्मेवारीसहित सम्मान गरियोु, उनले पार्टी छोड्नुको कारण खुलाउँदै भनेकी छन्।

उनले कांग्रेस पार्टी छाडे पनि जनतासँग जोडीराख्ने बताएकी छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *