Sajhamanch Archive

इराकमा मोहर्रम पर्वका अवसरमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु ,भागदौडमा १०० जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

इराकमा मोहर्रम पर्वका अवसरमा निकालेको झाँकीमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु भएको छ। इराकका स्वास्थ्य विभागका प्रवक्ताका अनुसार भागदौडमा १०० जना घाइते भएका छन्।

उनका अनुसार मर्नेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। बिबिसीका अनुसार मोहर्रमका अवसरमा सिया समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मुस्लिम समुदायको लागि मोहर्रम पर्व एक उत्सवको रूपमा लिने गरिन्छ। हरेक वर्षको सेप्टेम्बर १० तारिखमा हजारौँ मुस्लिम जनता एकजुट हुने प्रचलन रही आएको छ।

इस्लामका प्रवर्तक पैगंबर मोहम्मदका पात्र इमाम हुसैनको निधनपश्चात उनको याद मा यो पर्व मानिदै आएको छ। उनको निधन ६८० ईस्वी मा भएको थियो।
(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *