Sajhamanch Archive

पहिरोले बुटवल–पाल्पा सडक अबरुद्ध

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

सिद्धार्थ राजमार्ग ढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको छ । शुक्रबारबाट झरेको पहिरो शनिबार पनि झरेपछि सडक अवरुद्ध भएको हो ।

माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले सडक अबरुद्ध भएको दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीले जानकारी दिए ।

हिजो दुई वटा जिप पुरिएको थिए । गुल्मीको कालिगण्डीकी गाउँपालिका ७ का २६ बर्षीय कमल परियारको घटना स्थल मै मृत्यु भएको थियो भने चार जना घाईते भएका थिए । शिद्धबाबा आसपासको ढुङ्गे पहिरोले बर्षेनी मानिसहरुको ज्यान लिदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *