लेखापढी र प्रकाश कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न
Published:
by .भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष महेश भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित कलवलगुरी प्रशिक्षण केन्द्रमा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष भट्टराईले वार्षिक नीति तथा कार्यक्रम सहित वर्षभरीका गतिविधि समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव दलबहादुर थापाले ६३ लाख ५७ हजार ८ सय शेयर पूँजी विवरण समेटेर साँगठनिक प्रतिवेदन प्रस्तुत गरे । यसैगरी कोषाध्यक्ष मुरारी न्यौपानेले ६ लाख ४३ हजार ५ सय ८५ रूपैया नाफा सहित वार्षिक आय व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता सम्मानबाट कृष्ण घिमिरे र गोपाल निरौलालाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋण कारोवार सम्मानबाट पुरूषोत्तम अधिकारी र किरणकुमार शर्मालाइ्र्र सम्मानित गरिएको थियो ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नेपालका केन्द्रीय सचिव युवराज काकी, केन्द्रीय सदस्य रमेश पोखरेल, सम्मानित व्यक्तित्व पुरूषोत्तम अधिकारी, भद्रपुर इकाइ अध्यक्ष महेशकुमार न्यौपाने, ज्ञानोदय शिक्षक बचतका अध्यक्ष गोकुलराज न्यौपाने, एकता मूल कृषि सहकारीकी उपाध्यक्ष मञ्जु पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी प्रकाश कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चुडामणि मैनालीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा सभा सम्पन्न भएको हो ।
सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मैनालीले वार्षिक नीति तथा कार्यक्रम सहित साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गोविकृष्ण न्यौपानेले २ करोड ८० लाख ६४ हजार ९ सय ३१ रूपैया वार्षिक कारोवार सहितको आय व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारी संघ झापाका सचिव युवराज ढकाल, झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पोखरेल, साना किशान सहकारी संस्था भद्रपुरकी अध्यक्ष देवीमाया अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments