Sajhamanch Archive

जग्गा खोज्दै जाँदा दिनभर सुकुम्बासीको नियन्त्रणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । दोहोरो स्वामिव विवाद रहेको क्षेत्रमा जग्गा हेर्नका लागि पुगेका एक व्यक्तिलाई स्थानीयबासीले दिनभर नियन्त्रणमा लिएका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका–३ मा धनिपूर्जामा रहेको जग्गा खोज्दै पुगेका झापा दमकका करिब ७० वर्षीय वृद्ध भरत भट्टराईलाई स्थानीयबासीले दिनभर सामुदायिक भवनमा थुनेर प्रहरीको जिम्मा लगाएका हुन् ।

मोरङको पथरी शनिश्चरे क्षेत्रमा २०३३ सालदेखिको जग्ग्गा सट्टा भर्ना विवाद छ । सुनसरीको कोशी टप्पु, झापाको हुम्सेदुम्से, चुलाचुली, सर्दु क्षेत्रबाट सट्टा भर्ना गरिएको क्षेत्रमा दोहोरो स्वामित्व विवाद छ ।

कल्पना अधिकारी क्षेत्रीको नाममा रहेको जग्गा खोज्दै पुगेका स्थानीयबासीले किराँत चौंकमा नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । पथरी शनिश्चरे क्षेत्रमा धनिपूर्जामा एक व्यक्तिको नाममा भएपनि वर्षौँ पहिलेदेखि जग्गाको उपभोग अरु नै व्यक्तिले गर्दै आएका छन् । विस २०३०–०३५ को अवधिमा जंगल फाडेर उपभोग गर्दै आएको जग्गा २०४२ सालपछि सट्टा भर्ना गर्दा दोहोरो स्वामित्वमा परेको थियो ।

वर्षाैँ पहिलेदेखिको समस्या सामधान नहुँदा सर्वसाधरण तनावमा रहेको पथरी शनिश्चरे नगरपालिका– ३ का अध्यक्ष डम्बरबहादुर चेम्जोङ बताउँछन् । स्थानीयका अनुसार बेला–बेला विवादित जग्गा खरिदका लागि मानिसहरू आउँछन् । वर्षाैँदेखि बसोबास गरिरहेका स्थानीयबासीको हातमा जग्गा भएपनि पूर्जा अर्कैको हातमा छ । वर्षाैँदेखिको समस्या राज्यले दीर्घकालीन रूपमा समाधान नगर्दा बेला–बेला समस्या उत्पन्न भइरहेको छ ।

aa

शनिबार झापाको दमकबाट पूर्जाको जग्गा खोज्दै पुगेका वृद्ध भरत भट्टराईलाई स्थानीयबासीले दिनभर थुनेर प्रहरीको जिम्मा स्थानीय मौसम याक्थुम्बाले बताए । दोहोरो स्वामित्वमा रहेको जग्गा हेर्न भट्टराईसँगै अन्य दुईजना पनि पुगेका थिए । जग्गा बिक्रीका लागि देखाउन पुगेका भट्टराईलाई चौकबाट फर्कने क्रममा स्थानीयले छेकेका थिए । आक्रोशित भिडबाट जोगाउन वृद्धलाई चोकमा जनता प्रहरी बिटका लागि बनाइएको सामुदायिक भवनमा थुनेर राखेको याक्थुम्बाले जानकारी दिए ।

स्थानीय बमबहादुर फियाकको घरमा जग्गा खोज्दै पुगेपछि गाउँलेहरू भेला भएका थिए । ‘३५–३६ सालमा हामी जंगल फाडेर बसेका हौं,’ फियाक भन्छन्, ‘२०४६ सालपछिको धनिपूर्जा लिएर आएपछि जानु भनेर फर्काएका हौं ।’ उनी राज्यले बेलैमा समस्या सामधान नगरेका कारण जनता त्रासमा बस्नु परेको बताउँछन् ।

वर्षाैँदेखि सुकुम्बासी समस्या झेल्दै आएका पथरी शनिश्चरे क्षेत्रबाट चुनाव जितेका नेकपा सांसद भानुभक्त ढकाल संघीय सरकारका मन्त्री छन् । चुनावका बेला सुकुम्बासी समस्या सामधान गर्ने आश्वास दिएका ढकाल मन्त्री बनेपछि स्थानीयबासी आशावादी बनेका हुन् । ‘मन्त्रीज्यूले दशैँमा शुभ खबर लिएर आउँछु भन्नु भएको छ,’ वडाध्यक्ष चेम्जोङ भन्छन्, ‘हामी धेरै आशाबादी छौं ।’ केही दिनअघिको भेटमा मन्त्रीले दशैँसम्म समस्या समाधान बताएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *