ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा, प्रश्नको जवाफ दिन नसकेपछि ‘हात हालाहाल !’
Published: (Updated: )
by .काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गर्ने शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शाहीले पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिन नसकेपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको बाक्लो उपस्थिति थियो ।
युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
स्थिति सामान्य भएपछि उनलाई छाडिने प्रहरीले बताएको छ ।
दैनिक नेपालबाट ।
Comments