Sajhamanch Archive

कनकाई ३ का ४६ विपन्न परिवारलाई बाख्राका पाठा

Published: in स्थानीय तह by .

कनकाई नगरपालिका वडा नं. ३ का ४६ गरिब तथा लक्षित वर्गका परिवारलाई प्रतिघर एउटाका दरले बाख्राका पाठा निःशुल्क प्रदान गर्न थालिएको छ ।

३ नम्बर वडाको लक्षित बजेटबाट वडाका ६ टोललाई बाख्राका पाठा वितरण गर्न थालिएको हो ।

वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, सदस्यहरु युवराज चम्लागार्इं र छवि थपलियासहित पत्रकार लीलाराज झापालीले नमूना टोलमा आयोजित कार्यक्रममा बाख्राका पाठा वितरण गरेर यसको सुरवात गरेका हुन् ।

वडाअध्य चिमरियाले सो अवसरमा स्थानीय जातकै भए पनि बाख्राका पाठा वितरण गरिएको बताउँदै यस वर्षको सफलता हेरेर आगामी वर्षदेखि बोयर जातका बाख्राका पाठा वितरण गरिने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *