Sajhamanch Archive

एनएमसीको दुई दिने कर्जा व्यवस्थापन तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

कुटिडाँडा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा दुईदिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

रोङ गाउँपालिका–३, कुटिडाँडास्थित हिलउड रिसोर्टमा शनिबार सम्पन्न तालिममा राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख प्रमोदकुमार घिमिरेले सहजीकरण गरेका थिए । एनएमसीका ३८ वटै कार्यालयबाट कर्जा फाँटका कर्मचारी, प्रधान कार्यालयस्थित कर्जा विभागका कर्मचारी तथा समिति पदाधिकारीहरुलाई कर्जा तथा यससँग सम्बन्धित जोखिम न्यूनीकरणका विषयमा सहजकर्ता घिमिरेले सहजीकरण गरेका थिए ।

सहजीकरणका क्रममा घिमिरेले सहकारीको क्षेत्रमा कर्जाले महत्त्वपूर्ण भूमिका खेल्ने र कर्जा कारोबार वित्तीय क्षेत्रसँग सम्बन्धित भएको कारण यसतर्फ सहकारी संस्थाले विशेष ध्यान पु¥याउनु पर्ने विचार राखेका थिए । कतिपय सहकारीले कर्जा जस्तो महत्त्वपूर्ण पक्षलाई बेवास्ता गरेका कारण मुलुकमा सहकारीको छवी बेलाबेला धुमिलिने गरेको उनको तर्क थियो । कर्जा खराब हुनुमा सदस्यको जतिको भूमिका हुन्छ त्यति नै संस्थाको पनि भूमिका हुने भएकाले सदस्यको वित्तीय अनुशासनलाई विशेष ध्यान दिएर कर्जा प्रवाह गर्न सहजकर्ता घिमिरेले संस्थालाई सुझाव दिएका थिए ।

संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले समापनका अवसरमा बोल्दै एनएमसीले अहिलेसम्म बनाएको साखलाई जोखाउँदै व्यवसाय विविधिकरणलाई संस्थाले अबको दिनमा क्रमशः अझ् अगाडि बढाउने बताए । आजसम्मको एनएमसीको समीक्षा गर्दा यसको सबैभन्दा सबल पक्ष यसको संस्कार भएको बताउँदै अध्यक्ष उप्रेतीले यही संस्कारलाई स्थापित गराउँदै सबै व्यावसायिक परियोजना सफल बनाउन सम्पूर्णलाई आह्वान गरेका थिए ।

कार्यक्रममा संस्था सञ्चालक समिति सदस्य तथा बैंकिङ व्यवसाय समिति संयोजक ठाकुरप्रसाद सिवाकोटी, लेखा सुपरीवेक्षण समिति सदस्य अम्बिकाप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, कर्जा विभाग प्रमुख धनेन्द्र तिवारी लगायतले बोलेका थिए । समितिका संयोजक सावित्रा दाहाल भट्टराई, सदस्यद्वय केसी श्रेष्ठ र चन्द्रप्रसाद भट्टराईले पालैपालो सभापतित्व गरेको कार्यव्रmमको सञ्चालन सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *