सुशीला कार्कीले वर्तमान सरकारमाथि किन गरिन् यस्तो टिप्पणी
Published:
by .काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले वर्तमान सरकार शोषक सामन्तीको पक्षमा उभिएको टिप्पणी गरेकी छन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् ।
सत्तापक्षमा हुँदा र नहुँदा दलहरूको व्यवहार फरक–फरक रहेको भन्दै कार्कीले संविधानले दिएको अधिकारलाई केपी ओली सरकारले हनन् गरेको आरोप लगाइन् । उनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नाम नलिएर तस्कर माफियाको पक्षमा काम गरेको आरोप लगाइन् ।
तत्कालीन एमालेले सडकका रेलिङ भाँचेको प्रशङ्ग कोट्याउँदै उनले भनिन्, ‘सत्ताभन्दा बाहिर हुँदा उहाँहरू त्यही माइतीघर मण्डलामा प्रदर्शन गर्नु हुन्थ्यो । सत्तामा गइसकेपछि किन यसो गरियो ? किन सबै कुरालाई निषेध गरियो ?’
डा.गोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै उनले प्रश्न गरिन् ‘के यो नाजायज हो र ?’
केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन्, ‘तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’
उनले गंगामाया अधिकारीको अनशनलाई वेवास्ता गरेकोमा पनि सरकारपति आक्रोश पोखिन् ।
Comments