Sajhamanch Archive

‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक (म्यूजिक भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by .

सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरादेवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।

‘हामीले स्रोता/दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता/दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने ।

‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जन भन्दा बढी गीत स्रोता/दर्शकको रोजाईमा परेका छन् ।

गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ…’ले पनि स्रोता/दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् । ‘श्रृजन र मैले एउटा राम्रो गीत पस्किने कोशिष गरेका छौ छौ सुनेर, हरेर प्रतिक्रिया दिनुहोला’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *