Sajhamanch Archive

मेचीनगरमा बजार अनुगमनः एउटाको इजाजत अर्कैको व्यवसाय, कोल्ड सेन्टरमा समेत बारुदजन्य वस्तु फेला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलावारीका अधिकांश व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यवसायिक प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अध्यावधिक गर्न निर्देशन दिएको छ ।

विहीबार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको बजार अनुगमन टोलीले अनुगमका क्रममा धेरै व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई सवै प्रमाण पत्र अद्यवाधिक गर्न निर्देशन दिएको हो । सातदिन भित्रमा सवै कुरा चुस्त दुरुस्त राख्न उनीहरुलाई नगरपालिकाले भनेको छ ।

टोलीले धुलावारीका किराना, कष्टमेटिक तथा कोल्ड स्टोरसहित १४ वटा पसरको अनुगमन गरेको थियो । नगर उपप्रमुख उप्रेतीका अनुसार अधिकाँश व्यवसायीहरुले मुल्य सूची अद्यवधिक नगरेको, व्यवसायिक प्रमाण पत्र समयमै नविकरण नगरेको, आफ्ना पसलमा नापतौलका लागि राखिएका विद्युतीय कम्प्युटर काटाहरु प्रयोग गर्न सम्बन्धित कार्यालयबाट इजाजत नलिएको, एउटा व्यवसाय दर्ता गरेर अन्य प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेको अनुगमनका क्रममा टोलीले फेला पारेको थियो ।

अनुगमनमा टोलीमा संलग्न इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी नायव निरीक्षक नरेशप्रसाद आचार्यले खोटाङ कोल्ड सेन्टरमा राखिएको वारुदजन्य वस्तु जगमग नियन्त्रणमा लिएको बताए । कपडाको व्यवसाय तथा कष्मेटिक तथा अन्य श्रृगार सामग्रीको कारोबारका लागि व्यवसाय गर्न इजाजत लिएपनि खाद्यन्नको कारोबार गरिरहेको पाइएपछि टोलीले उनीहरुलाई इजाजत अनुसारको व्यवसाय गर्न निर्देशन दिएको मेचीनगर नगरपालिका कार्यालयका खाद्य विश्लेशक दीपेन्द्र कार्कीले जानकारी दिए ।

नेपाल सरकारले प्रतिबन्ध गरेका पेयपदार्थ, खानेतेल खुल्ला नुनलगायतका वस्तु नेपाली बजारमा फेला परेपछि तत्काल टोलीले जफत गरेको थियो । नेपालमा प्रतिवन्धित ड्राईगन, दो फुल लगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्य बस्तु नष्टका लागि नियन्त्रणमा लिएको टोलीमा संलग्न मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।

खाद्य वस्तुको उपभोग्य मिति, उत्पादन मिति, उत्पादकको विवरण लगायत अनिवार्य रुपमा लेवलमा हुनुपर्ने विवरण हरु, मूल्य सूचीको अनुगमन गदैं टोलीले खद्यान्न र साबुन, सैम्पु जस्ता बिभिन्न रसायन प्रयोग हुने गरेका अन्य वस्तुहरु एकै स्थानमा नराखी अलग अलग ठाउँमा ब्यवस्थापन गर्न, आधिकारीक दर्ताका बिषयहरुमा व्यवसायीहरुलाई सजग गराएको थियो ।

म्याद गुज्रिएका, खान अयोग्य खाद्य वस्तु, पेय पदार्थहरु जफत गरी नष्टको प्रक्रियामा राखिएको संघका सचिव रवि नेपालले बताए । त्यस्ता विक्रेतालाई आइन्दा गल्ती नगर्न सचेत गराइएको छ । भारतीय बजार नजीकै रहेको र खुला सीमानाका कारण छिमेकी भारतीय बजारबाट ल्याएर फेण्टा, कोककोला, स्पाईट, माजालगायतका पेयपदार्थ समेत बिक्री गर्ने गरेको स्थानीयको भनाई छ । टोलीले अधिकाँश व्यवसायीहरुलाई सजक गराउदैं सम्पूर्ण अखाद्यवस्तु फिर्ता गर्न सुझाव दिएको छ । अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, उपभोक्ता मञ्च नेपाल सन्तोष नेउपाने इलाका प्रहरी कार्यालय धुलावारी प्रहरी नगर प्रहरी तथा अन्य प्रहरी सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *