Sajhamanch Archive

लोक दर्शन साकोसमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in विविधा by .

भद्रपुर । लोक दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ । झापाको हल्दीबारी २ स्थित सरस्वती आधारभुत विद्यालयमा शुक्रबार सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष पर्शुराम बजगाईको सभापतित्व तथा जिल्ला सहकारी सङ्घका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणी तथा बचत कर्ता पदमबहादुर राना मगर र दयावति राजवंशीलाइ सम्मान गरिएको थियो । त्यसैगरी ज्येष्ठ नागरिक सम्मानमा प्रफुल ठाकुर र भागिरथा उप्रेती सम्मानित भएका थिए भने संस्थामा उल्लेखिय योगदान पुर्याउने ध्रुबकुमार राइलाई समेत सम्मान गरिएको थियो ।

संस्थामा ३ सय ९ महिला र बाँकी पुरुष गरी ७ सय १६ जना शेयर सदस्य रहेका छन् । संस्थामा ७६ असार मसान्तसम्म २६ लाख ७३ हजार २ सय शेयु पूँजी रहेको जनाइएको छ । आर्थिक वर्ष ०७५।७६मा २० लाख ५२ हजार २ सय ९६ रुपैयाँ आम्दानी गरी ४ लाख ४ हजार ८ सय ५८ रुपैयाँ नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष पर्शुराम बजगाईले साङ्गठानिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । उपाध्यक्ष नारायणप्रसाद लुइटेलले स्वागत गरेको कार्यक्रममा जिल्ला बचत तथा सहकारी सङ्घका सदस्य रेवती खनाल हल्दीबारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङ्हाङ,रेडक्रस हल्दीबारी शाखा सभापति कर्णाखर प्रसाई,समाजसेवी भोजराज फूयलले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद घिमिरेले गरेका थिए ।

त्यसैगरी संस्थाले आगामी चारवर्षे कार्यकालका लागि पुनः पर्शुराम बजगाईको अध्यक्षतामा ११ जना कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा नेत्रप्रसाद लुइटेल,सचिव कुमोद अधिकारी,सह–सचिव गोपाल गौतम र कोषध्यक्षमा माया सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्पना कार्की,शान्ता दाहाल,डिगेन राजवंशी,ध्रुवकुमार राइ,दिपेन ठाकुर र कुमार भण्डारी चयन भएका छन् । सभाले तुलाराम बस्नेतको संयोजकत्वमा उत्तमकुमार राइ र शर्मिला बस्नेत रहने गरी लेखा समिति चयन गरेको स्थानीय सञ्चारकर्मी कमल भण्डारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *