खुद्रा बचत तथा ऋण सहकारीले ३९ लाख ७७ हजार नाफा कमायो
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३९ लाख ७७ हजार ४ सय ९ रुपैया नाफा कमाएको छ ।
शनिबार संस्थाले १३ औं वार्षिक साधारण गर्दै आ.व. २०७५÷०७६ को आय व्यय सार्वजनिक गरेको हो ।
संस्था अघिल्लो आ.व.मा १ करोड २ लाख ६८ हजार ८५३ रुपैया आम्दानी र ६२ लाख ९१ हजार ४४४ रुपैया खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा र उपमेयर भोजकुमारी नेपालले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर शेर्माले सहकारीबाट देशको बेरोजगारी समस्या केही रुपमा समाधान गरेको बताए । धरै सहकारीहरु मिलेर सामाजिक काममा पनि अग्रसर हुनु पर्ने उनको भनाई थियो । उनले सहकारीहरुबीच सहकार्य गरी कुनै उद्योग, रोजगारी सृजना गर्ने खालका काम गर्न सुझाए ।
जिल्ला सहकारी संघका लेखा सुपेरीवेक्षण चुडामडी ओझाले सहकारीका नीति, मापदण्ड, सहकारीले गर्ने काम, कर्तव्य अधिकारका बारेमा प्रष्ट पारेका थिए ।
यसैबीच सहकारीले स्थापनाकालमा व्यवस्थापक पदमा रही काम गरेका मेदनी पाठक, संकलक विनोद सापकोटा, केशव नेपाललाई सम्मान गरेको छ। त्यस्तै ज्येष्ठ सदस्य अमृतबहादुर आङ्वो, इन्द्रबहादुर वस्नेत, नेप्टीमाया लिम्बु र शिवमाया थेवे पनि सम्मानित भएका छन् ।
असल बचत कर्ता नरपति पाठक, काशीनाथ राजवंशी र असल ऋण बुझाउने सदस्य मेनुका गुरुङ्ग, राजेन्द्र खड्कालाई संस्थाले सम्मान गरेको छ । त्यसैगरी २०७५ सालको एस ई.ई. परीक्षामा उत्कृष्ट जि.पि.ए.ल्याउने शेयर सदस्यहरुका छोरा छोरीहरु पनि सम्मानित भएका छन् । सामुदायिक विद्यालयतर्फका दिपेश ओली, खुसी ओली, अम्बिका आचार्य, विजय बस्नेत र संस्थागत विद्यालय तर्फबाट कोपिला घिमिरे, आदर्श चौहान, जुही तुम्बापो र दिपेश तिम्सिना सम्मानित भएका हुन् । सम्मानित सबैलाई संस्थाले नगद २५ सय सहित सम्मान गरेको हो ।
कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन संस्थाका अध्यक्ष नारायण प्रसाद बजगाईले प्रस्तुत गरेका थिए । लेखा समिति प्रतिवेदन लेखा संयोजक गोविन्द काफ्लेले गरेका थिए भने कार्यक्रममा शिवसताक्षी ंवडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठलगायत विभिन्न संघ संस्थारुको अध्यक्ष तथा प्रतिनिधि, अन्य छिमेकी सहकारीका अध्यक्षहरुको उपस्थिति थियो । संस्थाका उपाध्यक्ष जापान थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालक कर्मचारी लोकेश खनालले गरेका थिए ।
Comments